साझा धारणा ल्याउन असफल भए प्रतिपक्षी

 मंसिर २१, काठमाडौं-प्रमुख प्रतिपक्षी एमाओवादी सहितको  विपक्षी दलहरुको कार्यदल संविधानका विवादित मुद्दामा साझा धारणा बनाउन असफल भएको छ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा रहेको २० दलीय मोर्चाको आज बसेको बैठकमा कार्यदलले पेश गरेको कार्ययोजनामा पछि मात्र साझा धारणा बनाउने बताइएको छ ।

सत्तासाझेदार काँग्रस र एमाले तथा माओवादी तथा उसको मोर्चाबीच विवाद कायम रहेकाले कार्यदलले साझा धारणा तय गर्न नसकेपछि मोर्चाको बैठकले सहमतिबाट नै संविधान निर्माण गर्नुपर्ने निर्णय दोहोर्‍याएको हो । कार्यदलले विपक्षी २० दलीय मोर्चाको नाम संघीय लोकतान्त्रिक गठबन्धन राख्न प्रस्ताव गरेको छ ।