दुई नाबालक छोराछोरीको हत्या गरी आत्महत्या

मंसिर २१, काठमाडौँ-एक हप्ता अघि श्रीमती घर छोडेर बेपक्ता भएपछि बरालीएका इटहरी बेलबारी नगरपालिका ताराजुङ राईले छोरा छोरीको हत्या गरेर आफुले पनि आत्महत्या गरेका छन् । ३५ वर्षीय राईले तीन वर्षीया छोरी दीपिका र पाँच वर्षीय छोरा दीपेन्द्रको हत्या गरी आफूले स्वयम्ले पनि आत्महत्या गरेको प्रहरुीले जनाएको छ ।

राइले  गएराति आफ्नै घरमा छोराछोरीलाई झुण्ड्याई आफूले पनि झुण्डिएरै आत्महत्या गरेका हुन्  । राईकी श्रीमती भने एकहप्ता अघिदेखि घर छोडी बेपत्ता भएको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।