सहमति कार्यान्वयन भए निर्धारित समयमा नै संविधान आउँछ : प्रचण्ड

मंसिर २०, काठमाडौँ- एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतका सहमति कार्यान्वयन भए तोकिएकै मितिमा जारी हुने बताएका छन् । उनले संविधान निर्माणको आधार विगतमा दलहरूबीच भएको १२ बुँदे सहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र विभिन्न पक्षसँग भएका सहमति नै भएको उल्लेख गरे ।

राजधानीमा आयोजीत एक कार्यक्रममा बोल्दै प्रचण्डले संविधानसभा सामान्य संसदीय व्यवस्था नभएकाले अल्पमत तथा बहुमतको आधारमा निर्णय हुन नसक्ने तर्क गरे । उनले दलहरूबीच विगतमा नै संविधानका विवादित विषयमा सहमति भइसकेको जानकारी दिँदै उहाँले पूर्व सहमतिलाई कार्यान्वयन गर्ने कि नगर्ने भन्ने प्रश्न नै अहम् रहेको धारणा व्यक्त गरेका छन् ।