शिक्षक हुन अब शिक्षाशास्त्र पढ्नु नपर्ने

मंसिर २१, काठमाडौं-शिक्षा शास्त्र अध्यायन नगरे पनि अब शिक्षकमा प्रतिस्पर्धा गर्न पाइने भएको छ ।शिक्षक हुन अनिवार्य शिक्षा शास्त्र पढ्नपर्ने व्यवस्था आठौं संशोधन शिक्षा ऐनमा ‘शिक्षा शास्त्र नपढेकाले पनि प्रतिस्पर्धा गर्न पाउने’ उल्लेख छ ।
विज्ञान, गणित, अंग्रेजी, लेखा, सांकेतिक भाषा, कम्प्युटर, सिभिल इन्जिनियरिङ, पशुपालन र बाली विज्ञान विषयमा स्नातकले ‘माध्यमिक तहको अध्यापन अनुमतिपत्र वा शिक्षक पदको उम्मेदवार हुन सक्ने’ संशोधित ऐनमा उल्लेख छ, आजको राजधानीमा खबर छापिएको छ।
व्यवस्थापन, मानविकी संकाय पढेका पनि अब शिक्षक हुन योग्य हुनेछन् । प्राविधि विषयतर्फ पढेका व्यक्तिको लाइसेन्स नहुने भएकाले त्यस्तालाई शिक्षक पेसातर्फ आर्कषित गर्न लागिएको शिक्षा मन्त्रालयका उपसचिव रामचन्द्र शर्माले बताएको छ।
प्राविधिक तथा अन्य विषयकालाई शिक्षकमा ल्याउन अस्थायी लाइसेन्स दिइनेछ । ‘शिक्षा शास्त्र पढेका मात्र शिक्षक हुने’ व्यवस्था आठौं शिक्षा ऐनमा संशोधन गर्दै शिक्षकको दायरा फराकिलो बनाउने लागिएको हो ।
विज्ञान, अंग्रेजी, गणितलगायतका विषयमा अझै शिक्षक अभाव छ । विज्ञानमा स्नातक उर्त्तीण लाइसेन्स नभएका कारण प्रतिस्पर्धामा उत्रन सकिरहेका छैनन् । शिक्षा शास्त्र नपढेकाका लागि दिइने ‘अस्थायी अध्यापन अनुमतिपत्र’ को अवधि पाँच वर्षको हुनेछ ।
शिक्षक हुन अनिवार्य शिक्षा शास्त्र पढ्नुपर्ने व्यवस्था हटाउँदा सामुदायिक विद्यालयमा योग्य तथा दक्ष शिक्षक प्रवेश हुने शिक्षाविद् डा. खोमराज खरेलको विश्वास छ ।