एमबीबीएसको प्रश्नपत्र बिक्री गर्ने प्रध्यापक पक्राउ

मंसिर २०, काठमाडौँ- एमबीबीएस छात्रवृत्तिको सरकारी  कोटाको प्रश्नपत्र बिक्री गर्ने दुईजना प्रध्यापकलाई अख्तियारले पक्राउ गरेको छ । काठमाडौँको गोल्डेन गेट कलेजका प्राध्यापक देवीराम पाण्डे र एकजना खेचरनाथ सापकोटालार्इृ अख्तियारको विषेश टोलीले आज पक्राउ गरेको हो । उनीहरुलाई १० लाख रुपैयाँको तमसुक सहित रंगेहात पक्राउ गरीएको अख्तियारले जनाएको छ ।

पाण्डे प्रध्यापकका अलावा गोल्डेनगेट कलेजका लगानीकर्ता पनि हुन् भने सापकोटा काठमाडौँमा नै अर्थशास्त्रका प्रध्यापक हुन् । उनीहरुबाट बायोलोजीको प्रश्नपत्रको सेट ए र बी बरामद गरिएको छ ।अख्तियारले उनीहरुको साथबाट फेल भएमा पैशा फिर्ता दिने शर्त सहितको तमसुक समेत फेला पारेको दाबी रेको छ ।