राष्ट्रपति र प्रधानमन्त्रीले दिए उधौली र योमरीको शुभकामना

मङ्सिर २० ,काठमााडौँ-राष्ट्रपति डा रामवरण यादव तथा  प्रधानमन्त्री शुशिल कोइरालाले किराँतहरूको महान पर्व उधौली तथा नेवार सुमदायको योमरी पुन्हीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । शनिबार एक शुभकामनामा वत्तव्य जारी गर्दै  उनीहरुले  यो चाडबाट एकआपसमा सहयोग, सद्भाव होस् भन्दै सबैमा सँधै खुशी मिलोस् भन्ने कामना गरेका छन् ।

साथै उनीहरुले उधौलीको पवित्र दिनले नेपालका सम्पूर्ण धर्मावलम्बी, जातजाति, भाषाभाषी जो जहाँ रहेको भएपनि एकताबद्ध भएर आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गरी मुलुकमा शान्ति र सुव्यवस्था स्थापना गर्नका लागि प्रेरित गर्ने आशा समेत व्यक्त गरेका छन् । हरेक वर्ष मार्गशुक्ल पूर्णिमाका दिन मनाउँदै आएको धान्य पूर्णिमा पर्व आज मुलुकभर नेवार समुदायले मनाउने गर्छन् ।