चालकको लापरवाहीका कारण घरभित्र बस छिर्यो

मंसिर २०,झापा- मे१ख ३८० नम्बरको यात्रुवाहक बस बाटो छोडी घर भित्र पस्दा नौ यात्रु घाइते भएका छन् । दुर्घटनाबाट कन्काई नगरपालिका–३ सुरुङ्गा बजारका हरिप्रसाद ढकालको घरढकालको घर पूर्णतः क्षतिग्रस्त भए पनि मानवीय क्षती भने परिवारका सदस्य घरबाहिर रहेकाले भएन ।

तर बसमा नै सवार एक यात्रुको अवस्था भने गम्भिर रहेको छ ।घाइतेमध्ये कन्काई नगरपालिका–४ इलुवाबारीका रेनुका खनालको अवस्था गम्भीर रहेको र उनको विर्तामोडस्थित मनमोहन सामुदायिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ।  अत्यधिक मदिरा सेवन गरेका बस चालक भने प्रहरीको नियन्त्रणमा छन् ।