के पढ्दै छन् ओबामा ?

 एजेन्सी- अमेरिकी राष्ट्रपति बाराक ओवामा पछिल्लो समय राजनीतिक मुद्दाका कारण चर्चामा छन् । अमेरिकी संसद्मा रिपब्लिकनको जित ,बढ्दो युक्रेन संकट र त्यसकारण बढेको अमेरिकी –रुस चिसोपना,सिरिया र इराकमा इस्लामिक स्टेट – आइएस)विरुद्द भएको अमेरिकी कारबाही र रणनीतिलाई लिएर ओबामाका अभिव्यक्ति तथा योजनालाई विश्वका सञ्चारमाध्यमले प्राथमिकता दिइरहेका छन् । तर,ओवामाले पछिल्लो वर्षमा राजनीतिक क्रियाकलाप मात्र बढाएका छैनन्,अध्ययनमा पनि धेरै चासो दिएका छन् । तर, यो विषय भने धेरै चर्चा गरेको पाइँदैन ।ओबामाले पछिल्ला वर्षमा जुन पुस्तक पढिरहेका छन्,त्यसले उनले बनाइरहेको सोच र रणनीतिलाई पनि परिवर्तन गरिदिन सक्छ । नेपालमा प्रधानमन्त्री तथा राष्ट्रपति के पढिरहेका छन् भन्ने खासै थाहा हुँदैन । मन्त्रीहरुले कुन पुस्तक पढ्दै छन् थाहा हुँदैन । अधिकांश नेताका तस्बिर पनि सरकारी कागजात तथा नीति पढिरहेको मात्र देखिन्छ,पुस्तक पढिरहेका तस्विर खासै बाहिर आउँदैन । तर,अमेरिकी राष्ट्रपतिको हकमा यस्तो हुँदैन ।

अघिल्लो शनिबार ओबामा वासिंटनमा एउटा किताब पसलमा पुगेका थिए । त्यहाँ उनले १८ भन्दा धेरै पुस्तक खरिद गरे । मंगलबार पनि उनले थप पुस्तक खरिद गरेका छन् । त्यसमा झुम्पा लाहिरीको पछिल्लो उपन्यास द लोल्यान्ड,कनरेडको हर्ट अफ डार्कनेस,पार्किसको नट्स टु युलगायतका पुस्तकहरु रहेका छन् । उनले किनेका अधिकांश किताब फिक्सन छन् ।