हाम्रो समाज पुरुषको ‘भाले’ मानसिकताबाट ग्रसित : अध्यक्ष ओली

मंसिर १९, काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले   अहिलेसम्म नेपाली समाजमा पुरुषहरुको ‘भाले’ मानसिकता हावी भएका कारण महिलाहरु दमन र उत्पीडनमा परेको बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजीत एक अन्र्तक्रियात्मक कार्यक्रममा बोल्दै नेता ओलीले नयाँ संविधान महिलामैत्री हुने भन्दै नयाँ संविधानमा कम्तीमा महिलाको वर्तमान र भविष्यको गन्तव्यलाई सुनिश्चित गर्ने आश्वासन समेत दिए ।

नेपालको राजनीतिमा महिलाहरुको सर्वोच्चता नभएकै कारण संविधान निर्माणमा गतिरोध खडा भएको ओलीको तर्क छ ।