स्वविबेक प्रयोग गर्दै बाबुरामले बुझाए प्रतिवेदन

मंसिर १९, काठमाडौँ-भावी संविधानका विवादित विषयमा भएका छलफल र बिभिन्न दलका सुझाव समेटेर तयार पारेको प्रतिवेदन संविधान सभाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बुझाइएको छ ।

संवैधानिक, राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्राइले  दलहरुका अवधारणा र अडानलाई आधार बनाएर तयार पारेको प्रतिवेदन स्वबिबेक प्रयोग गरेर सभाध्यक्ष नेम्वाङलाई बुझाएका हुन् ।

प्रतिवेदन बुझाउनु पुर्व संवाद समितीले सँग छलफल गरेको थियो । समिती सभापति भट्राईलाई हिजोको छलफलमा शीक्र्ष नेताहरुले स्वबिबेक प्रयोग गरी निर्णय गर्ने अनुमति दिएका थिए ।

यसैबिच प्रतिवेदनमा समावेश गरिएका अवधारणा र मतहरु संविधानसभाको पूर्ण वैठकसमक्ष छलफल र निर्णयको निमित्त प्रस्ताव नभएको उल्लेख गरिएको छ ।

सम्वाद समितिको प्रतिवेदन अब संविधानसभामा पेस हुनेछ । सम्वाद समितिको प्रतिवेदनको बारेमा थप छलफल मंसिर २३ गते गर्न संविधानसभाको बैठक बोलाइएको छ ।