नारायणगोपालको २४ औं स्मृति दिवस आज

मंसिर १९, काठमाडौँ-नेपाली संगीत आकाशमा मुर्धन्य स्रष्टा तथा स्वरसम्राट नारायणगोपालको आज २४ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसरमा मुलकभर उनको  सम्झनामा  बिभिन्न कार्यक्रमहरुको आयोजना भइरहेका छन् । विक्रम संवत १९९६ काठमाडौमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ गते  आजकै  दिन निधन भएको थियो ।

१ सय ५७ वटा नेपाली गीत गाएका नारायणगोपाल नेपालका सबैभन्दा फरक र खरो शैलीका सफल गायक मानिन्छन् । सर्वोत्तम संगीतकार, सर्वोत्तम गायक, रत्न रेकर्ड पुरस्कार, गोरखा दक्षिण बाहु, चौथो लगायत थुप्रै पुरस्कारबाट स्वर सम्राट नारायण गोपालका जुन फुल मैले रोजेको थिए कसैले टिपेछ,   पखि र्बसे आउला भनी, ‘मलाई नसोध कहा दुख्छ घाउ,  लगायतका गीतहरु कालजयी बनेका छन् ।