नेकपा एमाले र मधेसी मोर्चाबीच पनि छलफल

मंसिर १९, काठमाडौँ-दलहरुबीच संविधानका विवाद समाधान सँगै नयाँ सरकार गठनको छलफल पनि सुरु भएसँगै विभिन्न चरणमा छलफल हुन थालेका छन् । यसैबिच नेकपा एमाले र मेधसी मोर्चाबीच आज फेरि छलफल हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा केही बेरमा हुने छलफलमा  छलफलमा संविधान र सत्ता बाँडफाँड लगायतका विषय मुख्य रुपमा उठाइने स्रोतले जनाएको छ । यसअघिको छलफलमा मधेसी मोर्चाले तत्काल सरकारमा नजाने बताएपनि नयाँ राष्ट्रिय सरकार गठन सहित संविधानका अन्र्तबस्तुमा छलफल हुने एमालेले जनाएको छ । एमालेले कांग्रेस एमालेले सम्वाद समितिमा राखेको  साझा प्रस्तावमा मधेसी मोर्चालाई ल्याउन पहल गर्नेछ ।