२२ दलीय मोर्चा छलफलमा

मंसिर १९, काठमाडौँ-एमाओवादीको नेतृत्वमा २२ दलीय मोर्चाको बैठक आज बस्दैछ । केही बेर पछि सिंहदरबारमा बस्ने बैठकमा दरबारमा संघियता र संविधानका अन्र्तबस्तुमा साझा धारणा बनाउने विषयमा छलफल हुने माओवादीका प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए ।

त्यस्तै बैठकमा  आज  संविधानसभामा पठाउने भनिएको  प्रतिवेदनमा २२ दलको अडान र संघियतामा बनाउने साझा धारणा पनि बनाइने प्रवक्ता शर्माको भनाई छ । बैठकमा माघ ८ मा नै संविधान नारी गर्ने गरि मोर्चाका तर्फबाट अपनाउने लचकताका विषयमा छलफल हुने मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले बताए ।

यसैबीच विषयमा मधेसी जनअधिकार फोरमले संघियताको प्रस्ताव अघि सारे पछि संयुक्त मधेसी मोर्चाले पनि संघियताको प्रस्ताव सार्वजनिक गर्ने भएका छन् । उनीहरु पनि त्यस विषयमा आजै छुट्टै छलफल गर्ने तयारीमा रहेका छन् ।