सरकारले गर्यो बिभिन्न संस्थामा राजनीतिक नियुक्ति

मसिर १८,काठमाडौँ-सरकारले बिभिन्न सरकारी निकायमा राजनीतिक नियुक्ति गरेको छ । आज बसेको मन्त्रीपरिषदको नियमित बैठकले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा बिष्णु सापकोटालाई नियुक्त गरेको सरकारका प्रवक्ता एवंम संचारमन्त्री मिनेन्द्र रिजालले  जानकारी दिए ।

मन्त्री रिजालका अनुसार नेपाल खाद्य संस्थानको अध्यक्षमा प्रकाशबहादुर केसीलाई नियुक्त भएका छन् । उता पारवहन तथा गोदाम व्यवस्था कम्पनीको अध्यक्षमा किशोरबहादुर कार्की नियुक्ती पाएका छन् । त्यस्तै  मन्त्रिपरिषदले नेशनल ट्रेडिङ लिमिटेडको अध्यक्षमा धनबहादुर बुढालाई नियुक्त गरेको छ । आजको बैठकले ३८ जना सहसचिवहरुको सरुवा पनि गरेको छ ।