इबोला उपचारमा संलग्न चिकित्सकको मृत्यु भएमा २५ लाख राहत दिने

काठमाडौँ-इबोला रोगको उपचारमा संलग्न नेपाली चिकित्सकको मृत्यु भएमा सरकारले २५ लाख रुपैँया दिने भएको छ । विश्वभर आतंक मच्चाइरहेको इबोला भाइरसका कारण नेपाली चिकित्सकको मृत्यु भएमा सरकारले आश्रीत परिवारलाई २५ लाख रुपैयाँ राहत दिने निर्णय मन्त्रिपरिषदको बैठकले गर्दै सो राहत रकम उपलव्ध गराउने बताइएकोब छ । नेपालमा हालसम्म इबोला भाइरस भेटिएको छैन भने विश्वमा सात हजार भन्दा धेरै मानिसको यो रोगबाट मृत्यु भइसकेको छ ।