चेल्सीद्धारा टोटनह्याम ३–० ले पराजित

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको चेल्सीले टोटनह्यामलाई ३–० गोलले पराजित गरेको छ । गएराति सम्पन्न खेलमा चेल्सीको जितका लागि ईडेन हजार्ड, डिडियर ड्रोग्बा र लुईस रेमीले एक(एक गोल गरे । टोटनह्यामले दुईपटक पाएको अवसर गुमाएको थियो ।

यस्तै, अर्को खेलमा म्यान्चेष्टर सिटीले सन्डरल्याण्डलाई ४–१ गोल अन्तरले स्तब्ध बनाएको छ । म्यान्चेष्टरका लागि सर्जियो अग्युरोले दुई, जोभेटिक र जाबालेटाले एक÷एक गोल गरे । सन्डरल्याण्डका लागि विकहामले एकमात्र गोल गरेका थिए ।