मेगा बैंकले ल्यायो सेयर धितो कर्जा स्किम

काठमाडौं-मेगा बैंक नेपालले सेयर धितो कर्जाको स्किम ल्याएको छ । बैंकले ‘मेगा सरल सेयर धितो कर्जा’ नामक नयाँ ऋण योजना सार्वजनिक गरेको छ । मेगा बैंकको उपभोक्ता कर्जा विभागले मंसिर १५ गतेदेखि लागू हुने गरी यो योजना सर्वाजनिक गरेको हो ।

‘क’ वर्गका बैंकहरुको सेयर धितोमा राखी विभिन्न कामका लागि व्यक्तिगत रुपमा ऋण लिन चाहने ग्राहकको चाहना बमोजिम यो योजना ल्याइएको बैंकले जनाएको छ । यो कर्जाका लागि ८।५ प्रतिशत ब्याजदर मात्रै तोकिएको छ । जुन अहिले प्रचलित व्याजदरमा अति नै न्यून भएको बैंकले जनाएको छ ।