सवारी दुर्घटनामा पैदल यात्रुको मृत्यु

मंसिर १८, दाङ-बसको ठक्करबाट दाङमा बिहिबार एक पैदल यात्रुको मृत्यु भएको छ । काठमाण्डौबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना४ख ५८६६ नम्बरको बसले पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङको लालमटिया(७ मा राती १ बजे ठक्कर दिंदा कालिका ५ चिप्ला बजार बर्दियाका ३५ वर्षीय दिलबहादुर बस्यालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ठक्करपछि घाइते भएका बस्यालको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा मृत्यु भएको हो । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइसकीएको छ ।