आत्मघाती बिस्फोटमा चारको मृत्यु

मंसिर १७, काठमाडौँ-सोमालियामा बुधबार भएको एक आत्मघाती बम आक्रमणमा कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ । बिबिसीका अनुसार राजधानी मोगादिसुमा  संयुक्त राष्ट्रसंघको एक सैनिक समूहलाई लक्ष्यगरी सो आक्रमण गरिएको छ । मोगादिसु विमानस्थलको प्रवेशद्वारमा सो विस्फोटन गराइएको छ ।

उक्त आक्रमणमा चार व्यक्तिको मृत्यु भएको देखिएको तर हताहती अझ बढ्नसक्ने अनुमान गरिएको प्रहरी अधिकारी मोहमेद लिबानले एएफपी समाचार समितिलाई जनाएको छ ।सो विस्फोटपछि सो इलाकाभरी धुवाँले भरिएको र यसमा परी मारिएका र घाइते व्यक्तिलाई पनि देख्न मुस्किल परेको प्रत्यक्षदर्शीहरुले जानकारी दिएको छन् ।