ह्युजको आज अन्त्येष्टि गरिदै

मंसिर १७, काठमाडौँ-बलले टाउकोमा लागेर निधन भएका भएका अष्ट्रेलियन क्रिकेटर फिलिप ह्युजको आज अन्त्येष्टि गरिँने भएको छ । उनको केही दिन अघि क्रिकेट खेल्ने क्रममा मैदानमा टाउकोमा गहिरो चोट लागेको थियो ।

उक्त अन्त्येष्टि समारोहका क्रममा ह्युजको ‘कफन’ लाइ अष्ट्रेलियन क्रिकेट टोलीका कप्तान माइकल क्लार्कले उठाउने बताइएको छ । उक्त अन्त्यष्टीका क्रममा अष्ट्रेलियन क्रिकेट टोलीका सम्पूर्ण सदस्यहरू उपस्थित हुने बिबिसीले जनाएको  छ ।

घटनामा गम्भीर घाइते भएका ह्युजको दुई दिनपछि अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।