रात्रिबस दुर्घटना हुँदा २ को मृत्यु, २५ जना घाइते

मंसिर १७, काठकाडौँ-बर्दियामा रात्रिबस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने  २५ जना घाइते छन् । बर्दीयाको मंगरागढीमा आज विहान भएको दुर्घटनामा घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको  छ । काठमाडौंबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख १३ ०७ नम्बरको रात्रिबस आज बिहान ४ बजेर २० मिनेट जाँदा रम्बापुरको आर्मी चेकपोष्टनजिक अनियन्त्रित भएर पल्टेको थियो । मृतकको सनाखत हुन सकेको छैन ।घटनाको थप विबरण आउन बाँकी छ ।