एमाओवादीका अध्यक्ष प्रचण्ड अस्वस्थ

काठमाडौँ-एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका छन् । अस्वस्थ भएर आराम गरीरहेका अध्यक्ष प्रचण्ड राजनीतिक छलफल र भेटघाटमा उपस्थित भएका छैनन् । आज अचानक वान्ता भएपछि प्रचण्डले  घरमा नै उपचार गराइरहेका छन् ।

डा अरुण सायमीसतिको टोलीले लाजिम्पाट पुगेर प्रचण्डको स्वास्थ्य परीक्षण परेको उनका स्वकिय सचिव शिव खकुरेलले जानकारी दिए । खकुरेलका अनुसार सुगरको औषधीको साइड इफेक्ट भएको भन्दै चिकित्सकहरुले औषधी परिर्वतन गरेका छन् ।