सनीको बिकिनी रुप देखेपछि जिब्रो टोके रामले

काठमाडौँ-बलिउड अभिनेत्री तथा पूर्वपोर्नस्टार सनी लियोन बेला बेलामा चर्चामा आइरहने अभिनेत्रीको रुपमा चिनिन्छिन् । उनी बढि त बिकिनी पहिरनका कारण पनि चर्चामा आउछिन् ।

पूर्वपोर्नस्टार भएका कारण पनि सनीलाई बिकिनी लगाउन कुनै पनि असहज महशुस भने हुदैंन तर पनि भारतीय सञ्चार माध्यमले भने बेला बेला सनीले पहिरिने बिकिनी पहिरनलाई लिएर गसिप समाचारहरु सम्प्रेषण गरिरहेको हुन्छ । त्यहि क्रममा राम कपूर र सनी लियोनको फिल्म कुछ कुछ लोचा है मा सनी बिकिनी पहिरनमा देखा परेकी छिन् ।

ट्विटरमा शेयर भएको उक्त फोटोमा सनी बिकिनी पहिरनमा देखिएकी छिन् भने कलाकार राम कपूर भने हातले मुख छोपेर उभिएका छन् । राम कपूरसँग पहिलो पटक पर्दामा देखिन लागेकी सनीले कुछ कुछ लोचा हैमा पनि बिकिनी पहिरनमै देखिएकी छिन् । देवांग ढोलकियाले चलचित्रलाई निर्देशन गरिरहेका छन् । चलचित्र यसबर्ष भित्रमा नै प्रदर्शनमा आउने तयारी भइरहेको बताइएको छ ।