हंगकंगमा पुनः प्रदर्शनमा नउत्रिन चेतावनी

बिबिसी-हंगकंगमा प्रहरीले प्रदर्शनकारीहरुलाई धरपकड गर्न थालेको बताइएको छ । झडपका घटनाहरु हुन थालेपछि हंगकंगका प्रमुख कार्यकारी सि वाइ लिउंगले सडकमा पुनः नउत्रिन प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरुलाई चेतावनी दिएका छन्। आईतबार अबेर राति प्रदर्शनकारी तथा प्रहरीहरुबीच दुई महिनायताकै नराम्रो झडप भएको बताईएको छ। प्रमुख कार्यकारी लिउगले भने, “अबदेखि प्रहरीले आफ्नो कर्तव्य पुरा गर्न कडा कदम चाल्नेछ।

पुनः प्रदर्शनका निम्ति आउन लागेका विद्यार्थीहरुलाई नफर्कन म आग्रह गर्दछु।” उनले प्रहरीको सहिष्णुतालाई कमजोरीको रुपमा नबुझ्न प्रदर्नकारीहरुलाई चेतावनी दिए। त्यसपछि पुनः वार्ता सुरु हुन सकेको छैन्।यसअघि थप हिंसा हुन सक्ने आशंकामा प्रमुख प्रदर्शनस्थलदेखिको पश्चिमी भाग खाली गर्न प्रदर्शनकारीहरुलाई निर्देशन दिईएको थियो।सन् २०१७ मा हुने निर्वाचनमा बेइजिङ्गको हस्तक्षेप विना नेता चयन गर्न पाउनुपर्ने प्रदर्शनकारीको माग छ। प्रमुख कार्यकारीको कार्यालयअघि र लंग वो सडकमा प्रदर्शनकारीहरु भेला हुन खोजेपछि आईतबार अबेर राति स्थिति तनावपूर्ण बनेको थियो।