धुव्रीकरणले संविधान निर्माण प्रक्रिया लम्बियो डा भट्टराई

मंसिर १६, काठमाडौँ – नेकपा माओवादीका बरिष्ठ नेता डा बाबुराम भट्राईले प्रमुख राजनीतिक दलहरुबीच विवादित विषयमा सहमति हुन नसक्दा संविधान निर्माण प्रक्रिया लम्एिको बताएका छन् । उनले शीर्ष दलका कारण प्रक्रिया नै ओझेलमा परेको टिप्पणी गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले तोकिएकै समयमा संविधान जारी गर्न आग्रह गर्ने उद्देश्यले मंगलबार भट्टराईकै निवास सानेपामा बुझाएको ज्ञापनपत्र बुझ्दै सभापति भट्टराईले पछिल्ला दिन दलहरूबीच बढेको धुव्रीकरणले पनि समस्या थपेको बताए ।  संविधानका आभारभूत विषयमा बाह्रबुँदे सहमति र शान्ति सम्झौताका हस्ताक्षरकर्ता शक्तिबीच सहमति हुनुपर्नेमा त्यसो हुन नसकी कित्ताकाट गर्ने क्रम बढेका कारण तोकिएको समयमा संविधान जारी हुँदैन कि भन्ने आशङ्का बढेर गएको भट्टराईको कथन छ ।

संविधान लेखन प्रक्रिया बहुमत र अल्पमतको आधारमा अगाडि बढ्ने विषय नभएको भन्दै उहाँले यसलाई सहमतिकै आधारमा टुङ्गो लगाउनुपर्ने र सबैले अपनत्व महसुस गर्ने गरी आगामी माघ ८ गतेभित्रै जारी हुनुपर्ने उनको भनाइ छ ।  भट्टराईले पछिल्ला दिन राष्ट्रिय सहमतिको सरकार गठनको चर्चा चलेसँगै संविधान लेखनको कामसमेत ओझेलमा परेको हो कि भन्ने आभाष आफूलाई भएको बताए ।