भोलीदेखि सुरु हुने राष्ट्रिय भलिबलको तयारी तिब्र

मंसिर १६, मकवानपुर-‘पर्यटनका लागि खेलकुद‘ भन्ने नारा सहित भोलीबाट शुरु हुने राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । रुपचन्द्र विष्ट स्मृति थाहा राष्ट्रिय भलिबल प्रतियोगिता उत्तरी मकवानपुरमा हुन लागेको हो । प्रतियोगीतामा आयोजक सहित छ वटा टिमले प्रतियोगितामा भाग लिनेछन् ।

राष्ट्रिय प्रतियोगिताका लागि आउने अरु टिमका खेलाडीहरु आज बेलुका पुगीसक्ने बताइएको छ । प्रतियोगिताका लागि थाहा नगरपालिकाको इन्द्रायणी चौरमा व्यवस्थित खेल मैदान निर्माण कार्य सम्पन्न भइसकेको छ ।