भिमद्धत्त राजमार्ग विहानै देखि अबरुद्ध

मंसिर १६, डोटी-भिमद्धत्त राजमार्ग आज विहानै देखि अवरुद्ध भएको  छ । डोटीको जोरायलमा गत असोज २० गते २९ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाका पडितहरुले क्षतिपुर्तिको माग गर्दे आज भिमद्धत्त राजमार्ग अबरुद्ध गरेका हुन् ।

यहि मसिर १ गते जोरायल सरोकार संर्घष समितीले जिल्ला प्रशाशन कार्यलयमा उचित क्षतिपुर्तिका लागी ज्ञापन पत्र बुझाएको थियो । दुर्घटनाका मृतक र घाईतेका परीवारले उचित क्षतिपुर्ति नपाएको गुनासो गर्दे आएका छन् । गत असोज २० गते छतिवन–५, कतपत्तेमा भएको दुर्घटनामा परी २९ जनाको ज्यान गएको थियो भने ६८ जना घाईते भएका थिए ।