इबोलाले ७ हजारको ज्यान लियो

काठमाडौं-दक्षिण अफिको शत्रुका रुपमा नै चित्रित इबोलालो  हाल सम्ममा करिब ७ हजार जना मानिसहरूको मृत्यु भैसकेको कुरा विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले जनाएको छ ।

यस रोगका कारण पश्चिम अफ्रिकामा मात्रै ६ हजार ९२८ जना मानिसहरू यस रोगको चपेटमा परेको बताइएको छ । यो रोगको लाइबेरियामा संक्रमणको दरमा कमि भएपनि पछिल्लो समय सिएरालियोनमा भने बढेको कुरा उक्त संगठनले जनाएको छ । यस रोगका कारण गिनी, सिएरा लियोन र लाइबेरियामा हालसम्म १६००० भन्दा धेरै मानिसहरू प्रभावित बनेका छन ।

यस रोगका कारण मालीमा सात जनाको मृत्यु भैसकेको छ । त्यस्तै लाइबेरियामा भने सबैभन्दा बढी ४ हजार १ सय ८१ जनाको मृत्यु भएको बताइएको छ ।

यो रोग अहिले तीब्र गतिमा फैलिरहेको बताइएको छ । संगठनका अनुसार सिएरालियोनमा करिब ७ हजार जना मानिसहरूमा यो रोगको पहिचान गरिएको छ ।