कान्छा निर्देशकको यस्तो छ एक्सन कट

काठमाण्डौ-मंसिर २६ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र लब यू बाबा निर्माण भईरहदाँको मेकिङ भिडियो सार्वजनिक भएको छ । मेकिङ भिडियोमा ८ बर्षिय बालक सौगात विष्टले चलचित्र निर्देशन गरिरहेको दृश्य देख्न सकिन्छ । निकै परिपक्क तरिकाले ८ बर्षिय निर्देशक सौगात विष्टले चलचित्र निर्देशन गरिरहेका छन् । उनले निर्देशन गरिरहेको भिडियो देख्दा प्राय सबै अचम्ममा पर्न सक्छन् किनकी उनले निर्देशन गरिरहेको मेकिङ भिडियो हेर्दा काहि कतैपनि सौगातले पहिलो पटक चलचित्र निर्देशन गरिरहेका छन् भन्न अनुमान समेत पनि लागाउन सकिदैन ।

मेकिङ भिडियोमा गजिक विष्ट, नवल नेपाल, निश्मा घिमिरे लगायतका कलाकारहरु देखिएका छन् । एउटी आमा नभएकी बालिका जसलाई आमाको अभाव हुन नदिन आफ्ना बाबाले गरेको संघर्ष लार्इ चलचित्रले समेटेको छ । चलचित्रमा गजित विष्ट, अशिष्मा नकर्मी, निर्मल शर्मा, संगम बिस्ट, निश्मा घिमिरे आदिको मुख्य अभिनय रहेको छ ।

चलचित्रमा गजित बिस्टको कथा र गम्भीर बिस्टको पटकथा तथा संवाद, दिव्यराज सुबेदीको छायांकन, प्रितम पाण्डेको सम्पादन, सत्य-स्वरूप, डेनी निरौला, दिपक शर्मा र प्रदिप बास्तोलाको संगीत रहेको छ । अतिथी कलाकारको रुपमा अनु शाह पनि देखिएकी छिन् ।