मोवाइल अफ गरेर सुमिना हराइन्

काठमाण्डौ-यति बेला चलचित्र ‘रंग बैजनी’लाई ठुलै समस्या आइपरेको छ । चलचित्र युनिटले आयोजना गरेका प्रत्येक कार्यक्रममा चलचित्रकी नायिका सुमिना घिमिरे नै उपस्थित नभईदिँदा चलचित्र युनिटलाई मात्र होइन दर्शकहरुलाई पनि अब आशंकाको घेराले छोप्न थालेको छ । बजारमा हल्ला चलेजस्तो नायिका गरिमा पन्त र सुमिना घिमिरेको दुस्मनीका कारणपनि कतै सुमिना चलचित्रको प्रचार प्रसारमा टाढिएकी हुन् कि भन्ने अनेकथरी प्रश्न उठिरहेका छन् । चलचित्रकी नायिका गरिमा पन्त भने चलचित्र रंग बैजनीको प्रचार प्रसार देखी चलचित्र युनिटले आयोजना गर्ने गरेका प्रायः कार्यक्रममा देखा पर्ने गरेकी छिन् तर सुमिनाले चलचित्र प्रति देखाएको बेवास्ताले भने यति बेला निर्माणपक्ष निकै दुखी बनेको छ ।

आइतवार निर्माणपक्षले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्‍यो तर उक्त कार्यक्रममा पनि सुमिना देखा परिनन् । त्यसपछि त अझ सुमिना र गरिमाको दुस्मनीका कारण पो सुमिना यसरी हराएकी हुनकी भन्ने प्रश्न पनि उठे यस विषयमा नायिका गरिमाले आफुहरु विच निकै राम्रो सम्बन्ध भएको जिकिर समेत गरिन् ।

rang-1

“बेला बेलामा हाम्रो फोन पनि हुन्छन् तर बजारमा आएका हल्लाहरु सरासर गलत हुन् । हामी विच दुस्मनीको कुनैपनि नाम छैन” गरिमाले बताइन् । निर्देशक शम्भु प्रधानले यस विषयमा बोले, “अहिले सुमिनाको मोवाइल बन्द छ त्यसैले हाल उनी कहाँ छिन् कस्तो अवस्थामा छिन् केहि पत्तो छैन” ।

कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक शम्भु प्रधानले चलचित्र रंग बैजनी समाजको यर्थाथ ऐना भएका कारण चलचित्रले नेपाली समाजमा निकै राम्रो सन्देश दिने पनि बताए । त्यस्तै नायिका गरिमा पन्तले चलचित्र रंग बैजनी प्रत्यकले हेर्ने चलचित्र भएका कारण चलचित्र रंग बैजनी सबै पक्षबाट बलियो भएको बताइन् । त्यस्तै नायक दिक्पाल कार्कीले चलचित्र रंग बैजनीमा आफुले अभिनय गर्न पाउनु नै सबै भन्दा ठुलो कुरा रहेको बताउँदै चलचित्र सबैले एकपटक हेरिदिन आग्रह गरे ।

चलचित्रकी लेखिका तथा निर्मात्री नुतन प्रधानले चलचित्रले महिलाको कथा बोकेका कारण महिलाहरुले यो चलचित्र छुटाउन नहुने बताउदैं चलचित्रमा महिला महिलाकै कसरी दुस्मनी बनेकी हुन्छे भन्ने कथा बोकेको बताइन् । ‘रंग बैजनी’लाई नुतन टेलिफिल्म्सको ब्यानरमा नुतन प्रधानले निर्माण गरेकी हुन् । चलचित्रमा गरिमा पन्त, सुमिना घिमिरे र दिक्पाल कार्कीको मुख्य अभिनय रहेको छ ।