नेपाल ‘विश्व पर्यटकको स्वर्ग’

पोखरा- विश्वप्रसिद्ध फोर्ब्स पत्रिकाको नियमित लेखक अन एबेलले नेपाललाई सन् २०१५ मा घुम्नैपर्ने संसारका १० ठाउ“मध्ये एकको रुपमा चित्रण गरेकी छिन्। फोर्ब्समा चार दिनअघि छापिएको उनको आलेखमा नेपाललाई सन् २०१५ मा घुम्नैपर्ने संसारका उत्कृष्ट १० को सूचीमा ९ नम्बरमा राखिएको छ। आलेखमा नेपाललाई ‘ट्रेकिङको स्वर्ग’ भनेर टिप्पणी गरिएको छ।
नेपाल बिस्तारै ‘आरामदायी गन्तव्य’ बन्दै गएको उनले लेखेकी छन्। नेपालको कला, संस्कृतिको प्रशंसा गर्र्दै उनले यहाँका हिमाल, मन्दिर, गुम्बाहरु घुम्न पर्यटकलाई सुझाएकी छिन्।  ‘नेपालको टे्रकिङ स्वर्गजस्तै छ। नेपाल बिस्तारै आरामदायी गन्तव्य बनेको छ,’ उनले लेखेकी छन्। फेवातालमा देखिने हिमाली छायाको चर्चा गर्दै एबेलले यहा“का हिमालय र अनुपम कला–संस्कृति अवलोकनका लागि नेपाल एकपटक पुग्नैपर्ने गन्तव्य भएको आलेखमा चर्चा छ। हिमालयमाथि देखिने सूर्याेदय र सूर्यास्तको दृश्य हेर्दै, गुम्बा तथा मन्दिर घुम्दै पोखरा फेवातालमा डुंगा चढ्न उनले सुझाएकी छिन्।
उनले सन् २०१५ मा घुम्नैपर्ने देशको सूचीमा क्रमशः आइसल्यान्ड, मोरक्को, भियतनाम, अमेरिकाको नेसनलपार्कलाई राखेकी छन्। टपटेन सूचीमा पर्ने अन्य देशमा तास्मानिया, कोलोम्बिया, जापान, अर्जेन्टिनाको पाटागोनिया र श्रीलंका छन्।
घुम्नैपर्ने गन्तव्यमध्ये नेपाल उत्कृष्टमा पर्नु, ट्रेकिङलाई स्वर्गसरह बयान गर्नु र पोखरा फेवातालमा डुंगा सयर गर्नू भनेर लेखकले सुझाव दिएकीले यहाँको पर्यटन प्रवर्द्धनमा योगदान हुने पोखराका पर्यटन व्यवसायीले बताएका छन्।
पश्चिमाञ्चल होटल संघका उपाध्यक्ष भरतराज पराजुली फोर्ब्सको आलेखले नेपालको पर्यटन क्षेत्र प्रवर्द्धन हुने बताउँछन्। यसको प्रत्यक्ष फाइदा नेपालले लिन सक्नुपर्ने उनको भनाइ छ। ‘विश्वस्तरको पत्रिकाले पोखरा चिनाउँदै फेवातालमा डुंगा सयर गर्न सुझाउनु र पदयात्रालाई स्वर्गसरह मान्नुले पोखरा र यहाँको ट्रेकिङको प्रवर्द्धन एक कदम माथि हुनेछ,’ उनले भने, ‘यो ठूलो प्रवर्द्धन हो।