कसीलि बन्दै कंगना

एजेन्सी-बलिउड कलाकार आफू अभिनीत भूमिकालाई दमदार बनाउन कुनै कसर बाँकी राख्दैनन्। आफ्नो भूमिकालाई न्याय गर्न मेहनत गर्ने कलाकारको सूचीमा कंगना रनावत पनि अग्रपंक्तिमा आउँछिन्।फेसन, रिभल्वर रानीलगायतका विभिन्न चलचित्रमा सशक्त अभिनय गरेकी उनी अहिले चलचित्र ‘तनु वेड्स मनु’को सिक्वेलका लागि मेहनत गरिरहेकी छन्। छायांकन सुरु भइसकेको यस चलचित्रमा उनी दोहोरो भूमिकामा देखिने भएकी छन।
कंगनाको भूमिका चलचित्र ‘तनु वेड्स मनु’को तनुको जस्तो रहेको बताइएको छ। उनी यस भूमिकामा ‘टम बोय’ लुकमा देखिने भएकी छन्। दत्तो (झज्जर जिल्लामा बस्ने कुसुम सांगवान)को चरित्र निर्वाह गर्नुपर्ने भएकाले कंगना रातदिन मेहनत गरिरहेकी छन्।
दत्तो खेलाडीको कोटामा दिल्ली युनिभर्सिटीमा भर्ना हुन्छिन्। यस भूमिकामा खेलाडीका रूपमा देखिने भएकाले कंगनाले योगा पनि गरिरहेको बताइएको छ। चलचित्रमा कंगनाका साथै आर माधवन, जिम्मी सेरगिल, दीपक डोबरियाललगायतको अभिनय रहेको छ।