ग्रिनफिल्डको दुबै टोली सेमिफाइनलमा

काठमाडौंआयोजक ग्रिनफिल्ड उच्चमाविको सिनियर र जुनियर छात्र टोली छैटौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्। सिनियर छात्रतर्फको बिहीबार भएको खेलमा ग्रिनफिल्डले रेडिअन्ट पब्लिक स्कुललाई २५-२० अंकले हरायो।
ग्रिनफिल्डको जितमा रामकृष्ण श्रेष्ठले सात अंकको योगदान गरे। जुनियर छात्रतर्फ ग्रिनफिल्डको ‘ए’ टोलीले जिलेटलाई २९-१८ अंकले हरायो। ग्रिनफिल्डका राज तामाङले आठ अंक जोडे।
यसैगरी सिनियर छात्रतर्फ डेनेब एकेडेमी, नेरिक एकेडेमी र एन्जल्स हार्ट पनि सेमिफाइनलमा पुगे। डेनेबले पिपल्स एकेडेमीलाई ५०-३५ अंकले पन्छायो। डेनेबको जितमा आशिष श्रेष्ठ एक्लैले १४ अंकको योगदान गरे। स्पोट केसीको १० अंकको सहयोगमा नेरिकले द एक्सेल्सियर स्कुलाई ३२-२५ ले पछि पा:यो। एन्जल्स हार्टले भने पुष्पसदनलाई ४१-३३ अंकले पाखा लगायो।
जुनियर छात्रतर्फ नेरिक र महामञ्जुश्री सेमिफाइनलमा पुगे। सामाखुशी इङलिस बोर्डिङ (सेब) स्कुल यसअघि नै सेमिफाइनल पुगिसकेको छ। नेरिकले हार्टल्यान्डलाई ३४-३० अंकले पाखा लगायो। नेरिकका गोविन्द नेपालीले नौ अंक जोडे।