माओवादी विस्तारित बैठकमा चन्द पक्षलाई अन्तिम अवसर दिने विषयमा छलफल हुने

मंसिर १२, काठमाडौँ-सार्क सम्मेलन कारण केही दिन स्थगन भएको नेकपा–माओवादीको विस्तारित बैठक आजबाट फेरि सुरु हुँदैछ । ललितपुरको कुपोण्डलमा बस्ने बैठकमा असन्तुष्ट चन्द पक्षले पार्टी छोडेपछिको अवस्था र भावी रणनीतिका विषयमा छलफल हुने प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् । लामो समयदेखि असन्तुष्टी जनाउँदै आएको चन्द पक्षलाई आजको बैठकमा अन्तिम मौका दिने विषयमा मुख्य रुपमा छलफल हुने भुषालले बताइन् । त्यस्तै पार्टीको भावी रणनीीत, पार्टी अध्यक्षले पेश गरेको प्रतिवेदनमा छलफल हुने माओवादीले जनाएको छ ।  बैठक बिहान ११ बजेपछि बस्नेछ ।