गढीमाईमा आजबाट बली कार्य सुरु, दर्शनार्थीको भिड

मंसिर १२, काठमाडौँ-प्रत्येक पाँच वर्षमा लाग्ने बाराको गढीमाई मन्दिरमा आजदेखि बलि दिन सुरु भएको छ ।  बारा सदरमुकामा देखि पाँच सय मिटर पुर्वमा साढे दुई विघाको १० फिट अग्लो पक्की पर्खालसहितको बधशालामा झन्डै पाँच हजार दुधे राँगा छन् । मार हान्ने कार्यमा चार सय तरबारधारीहरु छन् । बिहानैबाट बली सुरु भएको बारा प्रहरी प्रशासनले जनाएको छ । मेलामा भोली शनिबार भने बोकाको बलि दिइनेछ । बलिका लागि श्रद्धालुहरुले भाकल गरी ल्याएका राँगा मेला समितिले व्यवस्थापन गरेको छ । परम्परागत चलनअनुसार गढीमाईलाई सुरुमा सेतो जंगली मुसा, परेवा, कुखुरा, हाँस, सँुगुरको पञ्च बलि दिएर झक्तजनले बलि दिइन्छ । मेलामा नेपाल तथा छिमेकी मुलुक भारतका बिभिन्न ठाउँहरूबाट दशनार्थीहरूको को भीड लागेको छ ।