यस्तो छ ट्रमा सेन्टरको समस्या ?

मंसिर १२, काठमाडौं– भारतको सहयोगमा निर्माण सकिएको पाँच वर्षपछि राष्ट्रिय ट्रमा सेन्टर हस्तान्तरण भए पनि यसको संचालनलाई कसरी निरन्तरता दिने भन्ने चिन्ता थपिएको छ ।भारतीय प्रम नरेन्द्र मोदीसार्क शिखर सम्मेलनमा सहभागी हुन काठमाडौं आएको मौका पारेर ट्रमा सेन्टर हस्तान्तरण तथा उद्घाटन भए पनि यसको निरन्तर संचालनका लागि पर्याप्त जनशक्ति, उपकरण र भौतिक पूर्वाधारको तयारी भइसकेको छैन् ।ट्रमा सेन्टरलाई स्वास्थ्य मन्त्रालयमातहत लगेर २०७० असोज २४ देखि नै निर्देशक नियुक्ति गरिए पनि अन्य आवश्यक तयारी नगर्दा संचालनमै प्रश्न उब्जेको हो ।

तत्काल ५० शैयाबाट संचालन सुरु गर्ने भनिए पनि त्यसका लागि चाहिने पर्याप्त जनशक्ति उपलब्ध छैन् । भएका जनशक्ति भएपनि तालिम प्राप्त नहुँदा सेवा संचालनमा अन्योल थपिएको छ । ट्रमा सेन्टर संचालन सुरु भएको पहिलो दिन बुधबार यहाँ औपचारिक रुपमा एक जना बिरामी आएनन् । दिनभर सेन्टरको मूलगेटसमेत बन्द थियो । आजको नागरिक दैनिकमा खबर छापिएको छ ।