सार्क सम्मेलनका विशिष्ट पाहुनाहरु फर्किने क्रम जारी

मंसिर १२, काठमाडौँ-१८औं सार्क शिखर सम्मेलनमा सहभागि हुन काठमाण्डु आएका राष्ट्र तथा सरकार प्रमुखहरु आज सबै स्वदेश फर्किने क्रम जारी छ । भुटानका प्रधानमन्त्री छिरिङ तोग्बे र ब‌गलादेशकी प्रधानमन्त्री शेख हसिना आज नियमित उडानबाट स्वदेश फर्किने कार्यक्रम छ । यसअघि पाँच जना गएराती नै फर्किसकेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ, अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, गएराती नै स्वदेश फर्किनु भएको छ । त्यस्तै श्रीलंकाका राष्ट्रपति महेन्दा राजापक्ष, माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिन पनि राती नै स्वदेश फर्किएका छन् । उनीरुलाई विषेश सम्मान सहित विदाई गरिएको थियो । सार्क शिखर सम्मेलनले ३६ बुँदे घोषणापत्र जारी गरेको छ । उर्जा सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ । १९ अऔ सार्क सम्मेलन पाकिस्तानमा हुने बताइएको छ ।