देह व्यापारमा प्रियंका

काठमाडौं-बलिउड नायिका प्रियंका चोपडाको लगानी रहेको ‘करिश्मा स्पा एन्ड ब्यूटी सेन्टर’मा मुम्बई प्रहरीले छापा मारेर देह व्यापारमा संलग्न केही महिलाहरुलाई पक्राउ गरेपछि प्रियंकाको स्पा सेन्टरमा देह व्यापार भइरहेको खुलासा भएको छ । यो खबरले यति बेला बलिउड मज्जाले तातेको छ ।

प्रियंकाको उक्त स्पा सेन्टरमा लगानी भएपनि प्रियंकाले उक्त स्पा सेन्टर चलाउन एक सोनु नामक युवतीलाई दिएकी थिइन् । यस विषयमा प्रियंकालाई कुनै पनि जानकारी नभएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।

‘करिश्मा स्पा एन्ड ब्यूटी सेन्टरमा देह व्यापार चलिरहेको छ’ भन्ने थाहा पाएपछि छापा मारेका हौं, मुम्बई ७ नम्बर प्रहरीका एक अधिकारीले भने, ‘हामीले हाम्रो मान्छे ग्राहक बनाएर पठाएका थियौं ।’ ती प्रहरीले देह व्यापारको खबर पुष्टि भएपछि छापा हानेको बताए ।

भारतको चर्चित पत्रिका ‘मिड डे’ ले यो कुराको खुलासा गरेको हो । पत्रिकाले उक्त कुरा सार्वजनिक गरेपछि मुम्बई प्रहरी तत्काल सो स्पा सेन्टरमा गएर छापा मार्दा केहि महिलाहरु देश व्यापारमा संलग्न रहेको खुलासा भएको हो ।

प्रियंकाले उक्त स्पा सेन्टर जिम्मा लगाएकी सोनु नामकी युवती अहिले फरार छिन् उनको खोजी कार्य जारी राखिएको मुम्बई प्रहरीले बताएको छ । सोनुलाई समातेपछि मात्र सबै कुराको जानकारी आउने प्रहरीले जानकारी दिएको छ ।