अस्ट्रेलियाली युवा क्रिकेटर ह्यूजको निधन

मङ्सिर ११, काठमाडौं-अस्ट्रेलियाका युवा क्रिकेटर फिलिप ह्यूजको बिहबार निधन भएको छ । २५ वर्षीय ओपनर बलर समेत रहेका उनी विगत २ दिनदेखि कोमामा रहेका थिए ।  मंगलवार सिडनी क्रिकेट ग्राउण्डमा घेरेलू शेफील्ड शील्ड ट्रफीको म्याचको प्रतिस्पर्धाका क्रममा उनलाई टाउकोमा चाढ लागेको थियो । न्यू साउथ वेल्सका २२ बर्षीय बलर सीन एबोटको बलले उनी घाइते बनेको बिबिसीले जनाएको छ । घाइते भएलगत्तै अस्पताल भर्ना गरिएका उनी कोमामा गए र आज उनको निधन भएको बिबिसीले जनाएको छ ।