सार्कमा ऊर्जासम्बन्धी क्षेत्रीयस्तरीय सम्झौतामा हस्ताक्षर

मङ्सिर ११, काठमाडौं-३६ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको सार्कको १८औँ शिखर सम्मेलनले आफ्नो  समापन सत्रमा सार्क क्षेत्रीयस्तरीय ऊर्जा सहकार्य र विद्युतीकरणको कार्यढाँचासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । हिजोदेखि काठमाडौँमा सुरु सार्कको समापन सत्र प्रारम्भ भएपछि सार्कका अध्यक्ष तथा नेपालका प्रधानमन्त्री सुशील कोइरालाले सदस्य मुलुकका विदेश मन्त्रीहरुलाई सो सम्झौतमा हस्ताक्षर गर्न आग्रह गरेपछि सो सम्झौतामा हस्ताक्षर भएको हो । सदस्य मुलुकका राष्ट्राध्यक्षरसरकार प्रमुखको उपस्थितिमा सो सम्झौतामा हस्ताक्षर भएको हो । सदस्य मुलुकका वैदेशिकरबाह्य मामिला मन्त्री परिषद्को ३६औं बैठकले सो सम्झौतालाई पारित गरेको थियो ।