‘गोली काण्डः मुद्दा नचलाउने निर्णयबाट आहत’

बिसिसी-माइकल ब्राउनका बुवाले आफ्नो छोरा हिंसात्मक गतिविधमा संलग्न नहुने गरेको बताएकी छन् । गोरा जातिका प्रहरीले चलाएको गोलीबाट तीन महिनाअघि मारिएका अश्वेत युवक माइकल ब्राउनको परिवारका सदस्यहरुले उनीविरुद्ध मुद्दा चलाउन नपर्ने निर्णयबाट आफूहरु आहत भएको बताएका छन्।  ब्राउनका बुवाले आफ्नो छोराको चरित्र हत्या गरिएको बताए।  ब्राउनकी आमाले गोली चलाउने प्रहरी अधिकारी डर्रेन विल्सन अनादर गर्ने मानिस भएको बताइन्।  मिजोरीको फर्गुसनमा गत अगस्टमा गोली हानी ब्राउनको हत्या गरेका विल्सनले आफ्नो चरित्र सफा रहेको अमेरिकी सञ्चारमाध्यमहरुलाई बताएका छन्।    मिजोरीका गभर्नर जे निक्सनले नेशनल गार्डहरुको उपस्थिति सहयोगी साबित भएको भन्दै थप नेशनल गार्डहरु परिचालन गर्नुपर्ने वा नपर्ने विषयमा स्थितिको अध्ययन गरिने बताएका छन् विल्सनविरुद्ध मुद्दा चलाउन नपर्ने एउटा समितिको निर्णयपछि मंगलबार राति अमेरिकाका १३ वटा सहरहरुमा प्रदर्शन भएका छन्।