सार्कले शान्ति र स्थाथित्वको क्षेत्रमा गति लिन्छ : प्रम कोइराला

मङ्सिर ११, काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले १८ औं सार्क शिखर सम्मेलन भव्य तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताएका छन् । विहीबार काठमाडौंमा बोल्दै उनले सार्कले शान्ति र स्थाथित्वको क्षेत्रमा गति लिने दाबी गरे । उनले आफूहरु लोकतान्त्रिक पद्दतिअनुसार माघ ८ मै लोकतान्त्रिक संविधान निर्माण गर्न प्रतिबद्ध भएको पनि बताए ।