भट्टराईलाई घानीले दिए भ्रमणको निम्तो

मङ्सिर १०, काठमाडौं-अफगानिस्तानका राष्ट्रपति असरफ घानीले एनेकपा माओवादीका वरिष्ठ नेता तथा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा। बाबुराम भट्टराईलाई अफगानिस्तान भ्रमणको निम्तो दिएका छन् । राजधानीमा आज भएको  भेटवार्तामा उनीहरुबीच समसामयिक कुराका अलावा आर्थिक विकास र राजनीतिक संक्रमणका विषयमा कुराकानी भएको डा बाबुराम भट्राइले जानकारी दिए । भेटवार्तामा दुवै देश द्धन्द्धबाट ग्रसिर भएकाले  विषयबस्तुलाई अलिकति अर्थ–राजनीतिक र भू–राजनीतिक कोणबाट हेर्ने र मेरो आफ्नो रुची र सोंच पनि अर्थ–राजनीतिक, भू–राजनीतिक ढंगबाटै नेपालको समस्या बुझ्ने भएको हुनाले हामीले अलि खुल्ला हृदयले नै विचारको आदानप्रदान गरेका उनले बताए । घानीको यो २० औं नेपाल भ्रमण हो । सो अवसरमा भएको सार संक्षेप बताउँदै भट्राइले भने ‘अफगानिस्तान र नेपाल दुबै देश जुन भू–राजनीतिक संवेदनशील ठाउँमा छन् त्यस्ता देशहरुले चाहीँ सबैसँग सन्तुलन मिलाएर अघि बढ्ने राष्ट्रिय सहमति निर्माणमा अघि बढ्नुपर्छ भन्ने समान खालको कुराकानी भयो’, र