अमेरिकाभर प्रर्दशन

काठमाडौं- हत्या गर्ने प्रहरी अधिकारी अपराधी भएको भन्दै  त्यसको विरोधमा अमेरिकाभर प्रर्दशन भइरहेको छ । उक्त अधिकारी दोषी भएको भन्दै प्रर्दशनकारीले कारवाहीको माग गरेर आन्दोलन गरीरहेका छन् ।  गत अगस्टमा अमेरिका मिसौरी राज्यको  फर्गुसनमा प्रहरीको गोली लागेर १८ वर्षिय किशोर माइकल ब्राउनको मृत्यु भएको थियो  । उनी कालाजातिका थिए। उनलाई गोली हान्ने प्रहरीचाँही गोरा थिए।   अहिले प्रहरीलाई गोरा जाति भएकै कारण ग्राण्ड ज्युरीले मुद्दा चलाउन नमानेको भन्दै आन्दोलन भइरहेको छ।
प्रर्दशनकारीले सडकमा जाम गरेका छन भने नाराबाजी पनि गरिरहेका छन।