किन भुल्न सक्दैनन् मोदीले त्यो पीडा ?

मङ्सिर १०, काठमाडौं- सार्क राष्टका मुख्य आर्कषणका रुपमा हेरिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार सार्क सम्मेलनलाई सम्बोधन गर्ने क्रममा भावुक मुद्रामा देखिएका छन् । नेपालमा १८ औँ सार्क सम्मेलन मनाइरहँदा आजकै दिन मुम्बइ आक्रमणको वर्ष गाँठ समेत परेकाले मोदी उक्त आक्रमण बारे बोल्दा उनी भावुक बनेका हुन् । सो अवसरमा उनले सार्क आतंकवादको प्रमुख समस्या रहेको बताउँदै मोदीले सन् २००८ को नोभेम्बरमा भारतको मुम्बइमा गरिएको आतंकवादी आक्रमणको पीडा भारतले कहिल्यै भुल्न नसक्ने बताए । सन् २००८ को नोभेम्बर २६ मा मुम्बइमा गरिएको आतंकवादी आक्रमणका क्रममा कम्तिमा १६४ जना मारिएका थिए ।  उक्त आक्रमणमा पाकिस्तानको आतंकवादी संगठनको हात रहेको आरोप भारतले लगाउँदै आएको छ ।  सम्बोधनका क्रममा मोदीले असल छिमेकीको खोजी सबैलाई हुने र दक्षिण एसियामा सबै भन्दा बढी आवश्यक्ता यसको रहेको बताए । मोदीले सार्कले अपेक्षित विकाश गर्न नसकेको स्वीकार गरे त्यसका लागि आपसी मतभेद जिम्मेवार रहेको पनि बताए ।