पक्राउ परेको केही घण्टामा नै सीके राउत फेरि पक्राउ

मङ्सिर १०, काठमाडौं- रिहा भएको केही घण्टामा नै  विवादास्पद मधेशी अभियान्ता सीके राउतलाई पुन पक्राउ परेका छन् । सार्क सम्मेलन चलिरहेको समयमा खुला मञ्चमा भाषण गर्ने तयारी गरेका राउतलाई प्रहरीले पुनः पक्राउ गरेको हो । शान्ति सुरक्षा खल्बल्याउन र सार्क सम्मेलनलाई प्रभावित पार्न खोजेपनि राउत पुनः पक्राउ परेका हुन् ।  राउतले विशेष अदालतमा ५० हजार धरौटी तिरेर केही दिन अघि मात्र रिहा भएका थिए ।