हातेमालो गरेर अघि बढ्ने सार्क राष्ट्रप्रमुखहरुको प्रतिवद्धता

मंसिर १०, काठमाडौँ-१८  औँ  सार्क शिखर सम्मेलनको  उदघाटन कार्यक्रममा सार्क देशका प्रमुखहरुले दक्षिण एशियाको विकासका लागि सँधै एक भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले आफ्नो देशले गर्ने सहकार्य र कायोजना पनि पेश गर्दै हातेमालो गरेर सँधैभर  एकैसाथ हिड्ने बताएका हुन् ।

सम्मेलन उदघाटनमा सार्कका सबै  राष्ट्र प्रमुखहरुले मन्तव्यमार्फत आ–आफ्नो दृष्टिकोण प्रस्तुत गरेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादलाई अन्त्य गर्न सार्कका सबै सदस्य राष्ट्रहरुलाई आह्वान गरे । उनले सार्कले जनताका मुद्दाका विषयमा काम गर्न नसकेको बताए ।

पाकिस्तानले दक्षिण एशियाको विकास र सम्वृद्धिका लागि विश्वकै आर्थिक महाशक्ति बन्दै गरेको चीनको भूमिका महत्वपूर्ण रहेको प्रष्ट पारेको छ ।  अफगानी राष्ट्रपति मोहम्मद असरफ घानीले दक्षिण एशियालाई फिसा फ्री क्षेत्र बनाउनुपर्ने धारणा व्यक्त गरे । घानीले भिसा फी दक्षिण एशिया र सिमापार अपराध तथा हिंसा विरुद्ध एकजुट हुन सदस्य राष्ट्रहरुलाई आग्रह गरे ।

श्रीलंकाका राष्ट्रपति महिन्दा राजपाक्षले भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीदेखि सिंगो दक्षिण एशियालाई बुद्धिष्ट सांस्कृतिक सर्किट बनाउनुपर्ने प्रस्ताव राखेका थिए ।