भीभीआईपी जाने क्षेत्रमा निगरानी

मंसिर १०, काठमाडौं-सार्कमा सहभागि हुन आउने अतिबिशिष्ट ब्यक्ति भीभीआईपीहरु सहभागि हुने र जाने कार्यक्रम स्थल आसपासमा सुरक्षा निगरानी बढाइएको छ । कान्तिपुर दैनिकमा समाचार छ । निवास, समारोह स्थल देखी अन्य क्षेत्र आसपासका घर धनी, भाडामा बस्नेहरुको ब्यक्तिगत बिबरण लिएको छ ।घरधनी को हो भाडामा को को बस्छ  के काम गर्छ, सबै सुचना लिइसकिएको छ एक सुरक्षा अधिकारीले भने यसले सार्कमा त मदत गर्छ नै, त्यसपछि समेत प्रहरीलाई धेरै मदत हुन्छ ।

त्योसंगै भीभीआईपीहरु बस्ने होटल, समारोह स्थलका कर्मचारीको समेत ब्यक्तिगत बिबरण लिएको छ । सोल्टी होटल, राष्ट्रिय सभागृह, ट्रमा सेन्टर, लगायतमा काम गर्ने कर्मचारीको बिबरण लिइसकिएको छ । कहिले देखी काम गरेको रु, घर, ठेगाना, पुरानो अपराधिक बिबरण छ छैन जस्ता कुरा लिइएको छु अर्का एक अधिकारीले भने त्यो भन्दा पनि राजनैतिक आश्था के मा हो बढि ध्यान दिइएको छ ।

त्यस्ता स्थलमा काम गर्ने कार्यालय सहयोगी, सवारी चालक देखी म्यानेजरसम्मको बिबरण लिइएको छ । गत साउनमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी आउदा ब्यवस्थापन गरिएको सुरक्षाले नेपाली सुरक्षा निकायलाई रिहलसर्लुको मौका भएको अर्का अधिकारीले बताए ।

सबै भन्दा बढि सुरक्षा चुनौती भएका मोदीको भ्रमणमा मिलाइएको सुरक्षा ब्यवस्थाले यो पटक धेरै मदत गर्योु ति अधिकरीले भने यो पटक एउटाको ठाउंमा ६ जना आउन लागेका मात्र हुन् । सार्कमा पर्यवेक्षकका रुपमा आउने अन्य मुलूकका अधिकारीहरु बस्ने स्थलमा समेत बलियो सुरक्षा ब्यवस्था मिलाइएको छ ।

पर्यवेक्षकहरु दरबारमार्गको याकएण्ड यति होटलमा बस्दैछन् । यस्तै कुटनैतिक नियोगका पदाधिकारीहरु बस्ने अन्य होटल, ग्राण्ड, प्लाटिनियममा बस्दैछन् । मिडीया सेन्टर बनाइएको लाजिम्पाटको र्‍याडिसन होटलमा समेत सुरक्षा बलियो छ ।