गायिकाले बच्चा जन्माउन साथी खोजेपछी

काठमाडौं-चर्चित गायिका निकी मिनाज अहिले चौथो एल्बम सार्वजनिकको तयारीमा छिन् । एल्बम सार्वजनिकभन्दा पहिले बिहे गरी घर बसाउने उनको चाहना छ ।निकी तेस्रो एल्बम ‘द प्रिन्ट’का कारणले परिचित छिन् । उनले एक पत्रिकासँगको अन्तर्वार्ताका क्रममा आमा बन्ने चाहना आफूमा जागेको बताएकी छिन् । ‘म आफू कताकता हराएको महसुस गरेकी छु,’ उनले भनिन्, ‘किन भने मैले निजी जिन्दगी नै भुलिसकेकी छु ।’आफूमा पाँचौँ एल्बमभन्दा पहिले आमा बन्ने चहाना रहेको उनले खुलाइन् । बच्चा जन्माउन बिहे जरुरी रहेको बताउने निकीले बिहेका लागि मनपर्ने साथीको खोजीमा रहेको बताइन् ।