राप्रपा नेपालबाट निकालीए पद्मसुन्दर लावती

मंसिर ९, काठमाडौं– राप्रपा नेपालले नेता पद्मसुन्दर लावतीलाई पार्टीबाट निकालेको ट । राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले लावतीलाई साधारणसदस्य समेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो एक नेताले बताए । अध्यक्ष कमल थापासँग लामो समयदेखि वेमेल भइरहेको र पार्टी र पार्टी नेतृत्वप्रति भ्रम फैलाएको आरोप लगाएँदै लावतीलाई पार्टीबाट साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरिएको प्रवक्ता विष्णु भट्टराईले बताए  । भट्राइका अनुसार लावतीले पार्टीको नाम र झण्डाको दुरुपयोग गरी पार्टीको नामबाट समानान्तर भेला गर्ने, कार्यालय खोल्ने र साँगठनिक अभ्यास गर्ने गरेको पनि प्रमाण भेटेकाले कारवाही गरेको जनाएको छ । लावती समुहले कमल थापाले हुकुमी शैलीमा पार्टी चलाउँदै आएको भन्दै पार्टी सुद्धिकरण नामको अभियान चलाउँदै आएको थियो । केहि दिन पहिले लावती समुहले छुट्टै राष्ट्रिय भेला बोलाई कमल थापालाई सच्चिन भन्दै २१ दिनको अल्टिमेटन दिएको थियो ।